PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

कोरोना भाइरस : अमेरिकाका ६ राज्यमा हालसम्‍मकै उच्च संक्रमण दर



पहिलोपोस्ट

कोरोना भाइरस : अमेरिकाका ६ राज्यमा हालसम्‍मकै उच्च संक्रमण दर
AP PHOTO/DAVID J. PHILLIP

अमेरिकाका ६ राज्यमा कोरोना भाइरसको दैनिक संक्रमितको दर ह्वात्तै बढेको छ।

टेक्सस, फ्लोरिडा, ओकलाहोमा, ऐरिजोन, नेवाडा र ओरेगनमा मंगलवार संक्रमण पुष्टि हुनेहरुको संख्या हालसम्मकै उच्च देखिएको हो। त्यहाँका स्वास्थ्य अधिकारीहरुले संक्रमितको संख्या बढ्नुलाई बजार, व्यवसाय पुन: सुरु हुनुलाई बताएका छन्।

टेक्ससका गभर्नरले भने संक्रमित धेरै देखिनुलाई परीक्षण धेरै हुनुसँग तुलना गरेका छन्।

ओरेगनको एक चर्चमा मात्र एकैदिन २ सय भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। अमेरिकामा यस विषयलाई लिएर अनेक विश्लेषण भइरहेको छ। बीबीसीले जनाए अनुसार यसलाई महामारीको नयाँ रुपमा पनि व्याख्या गरिएको छ।

राष्ट्रपति डोनाल्‍ड ट्रम्पले पनि संक्रमित बढ्नुलाई परीक्षणको दायरा फराकिलो हुनुसँग जोडेका छन्। भने,'परीक्षण नहुने हो भने निकै कम संक्रमित देखिन्छन्।'

जोन होप्किन्‍स विश्वविद्यालयका अनुसार अमेरिकामा कुल २१ लाख ३७ हजार ७ सय १६ मानिसमा संक्रमण देखिएको छ। जसमध्य १ लाख १६ हजार ९ सय ६२ संक्रमितले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell