PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रधानसेनापति र सशस्त्रका आईजीपी छाङरुमा, सडक र सीमा निरीक्षण



पहिलोपोस्ट

प्रधानसेनापति र सशस्त्रका आईजीपी छाङरुमा, सडक र सीमा निरीक्षण
PHOTO : sarathikhabar

काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको छाङरु पुगेका छन्।

सेनापति थापा सेनाले बनाउन लागेको दार्चुला-तिंकर सडक तथा आईजीपी थापा बीओपी तथा सीमा सुरक्षाको स्‍थिति बुझ्न हेलिकोप्टरमार्फत कालापानी नजिकैको छाङरु पुगेका हुन्।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले केन्द्रको टोली छाङरुबाट फर्किएपछि सदरमुकाम खलंगामा छलफल हुने जानकारी दिए।

हेलिकोप्टरमा धनगढीबाट सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, दार्चुलाबाट प्रमुख जिल्ला अधिकारीसहितका व्यक्ति छाङरु गएका छन्।

सेनापति थापा र आईजीपी खनाल स्काई ट्रकमार्फत् धनगढी पुगेका थिए। त्यहाँबाट हेलिकोप्टरमा दार्चुला हुँदै छाङरु गएका हुन्।

दार्चुलाको छाङरुमा केही साताअघि सशस्त्रका एआईजी नारायणबाबु थापाको उपस्थितिमा बोर्डर आउट पोस्ट स्थापना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell