PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एकान्तकुनामा सवारी कर तिर्नेको घुँइचो, कतै देखियो भौतिक दूरी कतै भिडभाड

एकान्तकुनामा सवारी कर तिर्नेको घुँइचो, कतै देखियो भौतिक दूरी कतै भिडभाड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो गरेसँगै सरकारी कार्यालयहरु खुल्न थालेका छन्। सर्वसाधारण पनि महिनौंदेखि अड्किएको आफ्नो काम सकाउन कार्यालयहरु पुग्न थालेका छन्।

साधरणतया सरकारी कार्यालयहरुमा पहिला झै मानिसहरुको चाप नभए पनि केही कार्यालयहरुमा भने सेवाग्रहीको घुँइचो देखिन्छ।

ललितपुरको एकान्त कुनामा रहेको यातायात व्यवस्था कार्यालयमा पनि सेवाग्रहीहरुको भिड लाग्ने गरेको छ। हाल सरकारी कार्यालयहरु बिहान र दिउँसो गरी दुई सिफ्टमा संचालन भइरहेको छ। सर्वसाधरणहरु त्‍यसै अनुसार आफ्नो काममा हिँडिरहेका छन्।  

विशेषगरी विभागमा सवारी साधनको कर तिर्न मानिसहरु पुगिरहेका छन्। केही भने लाइसेन्सका बारेमा बुझ्न कार्यालय पुग्ने गरेका छन्। कार्यालय पुग्नेहरुको तापक्रम परीक्षण गर्ने गरिएको छ। 

सरकारी कार्यालय खुले पनि सरकारले भौतिक दूरी कायम गर्दै सेवा प्रदान गर्न भनेको छ। तर, कार्यालयका सबै स्थानमा भौतिक दूरी कायम भने भएको देखिँदैन।  

  



ट्रेन्डिङ पोस्ट

Ncell