PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

खानेपानी मन्त्री मगरको दावी : 'असारमा मेलम्चीको पानी टनेलमा टेष्ट गर्नेछौं'



पहिलोपोस्ट

खानेपानी मन्त्री मगरको दावी : 'असारमा मेलम्चीको पानी टनेलमा टेष्ट गर्नेछौं'

काठमाडौं: खानेपानी मन्त्री विना मगरले आसार महिनामा मेचलम्चीको पानी टनेलमा टेष्ट गरिने बताएकी छन्।

राष्ट्रिय सभामा मन्त्रालयगत विनियोजन बजेटमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले मेलम्चीको पानी आउनेमा शंका नगर्न आग्रह गरिन। 'हामी यो असरको पेरिफेरीमा टनेलमा टेष्टिङको प्रक्रिया सुरु गर्नेछौं। त्यसपछि सुन्दरीजलमा खसाल्ने छौं,' उनको दावी छ।

मेलम्ची परियोजनाले थुप्रै निराशा उत्पन्न गराएको मन्त्री मगरको धारणा छ। थुप्रै पटक प्रतिवद्धद्ता गरिएको भए पनि अब काठमाडौंमै पानी आउने गरि काम भएको उनको दावी छ।

आयोजनाको सुरुवाती चरणबाट अहिलेसम्म दुई दशकमा आयोजना नसकिनुमा प्रक्रियागत झन्झट भएको मगरको भनाई थियो। चालु आर्थिक वर्षभित्र भौतिक रुपमा आयोजनाको काम सकिने उनले बताइन्। काठमाडौंमा मेलम्चीको पानी केयुकेएलले वितरण गर्ने मगरले जानकारी दिइन्।

क्वारेन्टाइनमा मन्त्रालयले तत्काल खानेपानीको ब्यवस्था गर्न लागेको उनको भनाई छ। आफूले त्यसको जिम्मेवारी केही दिनअघि मात्रै पाएको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell