PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

शेयर मार्केट्सका तत्कालीन अध्यक्ष योगेन्द्र श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक अर्ब ७१ करोड बिगो दाबी



पहिलोपोस्ट

शेयर मार्केट्सका तत्कालीन अध्यक्ष योगेन्द्र श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक अर्ब ७१ करोड बिगो दाबी

काठमाडौँः सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध एक अर्ब ७१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेको छ। विभागले बुधबार विशेष अदालमा मुद्दा दायर गरेको हो।

विभागले ऐनको अनुसूची (भ) अनुसारको मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमेय, विनिमेय अधिकारपत्र सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। 

सम्पत्ति शुद्धीकरण निवार ऐन २०६४ विपरीतको कसुरमा विभागले एक अर्ब ७१ करोड ६३ लाख ३६ हजार २१३ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो। 

विभागले ऐनको दफा ३०(१) अनुसार सजाय मागदाबी गरेको छ। उक्त दफा अनुसार श्रेष्ठ दोषी ठहर भएमा कसूर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell