
जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २१ जना महिला र ३ सय २७ जना पुरुष गरि कुल ३ सय ४८ जनामा कोराना संक्रमण देखिएको छ।
प्रदेश २ मा महेत्तरीमा २ सय, रौतहटमा १ सय ११ धनुषामा २६, सर्लाहीमा ६, बारामा ४ र सिरहामा १ गरि कुल ३ सय ४८ जनामा कोराना संक्रमण देखिएको समाजिक बिकास मन्त्रालयले संचालन गरेको नियमित मिडिया ब्रिफिङमार्फत सचिव डा. रामप्रसाद घिमरेले जानकारी दिए।