PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कर्णालीमा कोरोना : पहिलो केस देखिएको ३० औं दिनमा नाघ्यो ११ सय संक्रमित, निको भएर फर्के ४९४



पी बी खड्का

कर्णालीमा कोरोना : पहिलो केस देखिएको ३० औं दिनमा नाघ्यो ११ सय संक्रमित, निको भएर फर्के ४९४

सुर्खेत : जेठ ५ गते कर्णाली प्रदेशमा कोरोना भाइरसको केस पहिलो पटक देखिएको थियो। केस देखिएसँगै आइसोलेसनमा राखेर उपचार प्रक्रिया सुरु गरेको कर्णालीमा ३० दिन पुग्यो। भारतबाट भित्रने बढेसँगै कर्णालीमा कोरोना संक्रमित बढ्दै छन् भने, निको भएर घर फर्किनेको संख्या पनि उत्तिकै छ।

विभिन्न स्वास्थ्य संस्थामा राखिएका संक्रमितमध्ये कर्णाली प्रदेशमै पहिलोपटक जेठ २३ गते प्रदेश अस्पताल सुर्खेतबाट सात जना संक्रमित निको भएर घर फर्किए। कर्णालीमा डिस्चार्ज भएर घर जान लागेको १२ दिनमा झण्डै पाँच सय जना घर फर्किएका छन्। सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार जेठ २६ गते दुल्लु अस्पताल र दैलेख अस्पताल, दैलेखबाट चार जना निको भएर घर गए। त्यस्तै, जेठ २८ गते कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लाबाट पनि एकै दिन १८ जनाले कोरोना भाइरस जितेर घर फर्किए।

जेठ २९ गते प्रदेश अस्पताल सुर्खेतबाट ३१ जना, जेठ ३० गते, दैलेख अस्पताल, दैलेख र लेकबेशी आइसोलेसन सेन्टर, सुर्खेतबाट गरी ३१ जना, जेठ ३१ गते दैलेख अस्पताल र दुल्लु अस्पताल दैलेखबाट गरी ९ जना, जेठ ३२ गते दैलेख अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कालिकोट अस्पतालबाट गरी २८ जना, असार १ गते, प्रदेश अस्पताल सुर्खेतबाट २६ जना, असार २ गते दुल्लु अस्पताल, दैलेख अस्पताल र सल्यान अस्पतालबाट गरी १८८ जना र असार ३ गते महाबु आईसोलेसन सेन्टर, दैलेख, दैलेख अस्पताल/नारायण आइसोलेसन सेन्टर, दैलेख र प्रदेश अस्पताल सुर्खेतबाट गरी १५२ जना डिस्चार्ज भएका छन्। हालसम्म प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनबाट गरी चार सय ९४ जना निको भएर डिस्चार्ज भएका छन्।

थप नयाँ १८ जनामा संक्रमण पुष्टि

कर्णालीमा कोरोना संक्रमितको संख्या पनि बढ्दै छन् भने, निको भएर घर फर्किनेको संख्या पनि बढ्दै छ। कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमा दैलेखको भैरवी गाउँपालिकाका र भगवतीमाई गाउँपालिकाका एक/एक जना छन्। सुर्खेतको वीरेन्द्रनगर र लेकबेशी नगरपालिकाका एक/एक जना र कालिकोटको सान्नित्रिवेणी गाउँपालिकाका १४ जना नयाँ संक्रण पुष्टि भएको हो। नयाँ संक्रमितमध्ये कालिकोटका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख र सुर्खेतका नयाँसक्रमितको आरटी पिसिआर भने प्रदेश अस्पताल, सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको हो। नयाँ संक्रमितसंगै कर्णालीमा परीक्षण गरिएको संक्रमितको संख्या एक हजार १०४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell