PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

कालीकोटमा थप १४ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४३



रासस

कालीकोटमा थप १४ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४३

मान्म : कालीकोटमा थप १४ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंम्बर २ का १९, २१, २१, २४, ३८ र  ६० वर्षीय पुरुष तथा वडा नम्बर ३ का २३, ४२ र ५० वर्षीय पुरुष र १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए।

कोराना संक्रमित हाल आइसोलेसनमा छन्।

‘संक्रमितको संख्या ४३ छ जसमध्ये १ जना बाजुराका छन्’, उनले भने, ‘२५ जना निको भएर घर गइसक्नुभएको छ। हाल आइसोलेसनमा १८ जना भर्ना हुनुभएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell