PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

घुससिहत समातिएका मालपोतका ६ कर्मचारीलाई १५ दिन थुनामा राख्न अदालतको अनुमति 



पहिलोपोस्ट

घुससिहत समातिएका मालपोतका ६ कर्मचारीलाई १५ दिन थुनामा राख्न अदालतको अनुमति 

काठमाडौँः घुससहित समातिएका मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जनालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत रघुवंश कँडेलसहित ६ जनालाई पक्राउ गरेको थियो। 

आयोगले बिहीबार ६ जनालाई नै अनुसन्धानका लागि म्याद थपका लागि पेस गरेको थियो। 

आयोगले आठ लाख ५० हजार रुपैयाँ घुससहित मालपोत अधिकृत कँडेल, नायब सुब्बाहरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell