PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

मृत्युपछि कैलालीकी एक महिलामा कोरोना पुष्टि, कैलालीमै दुई जनाको मृत्यु, कोरोनाका कारण हालसम्म २२ जनाको गयो ज्यान



एम बम

मृत्युपछि कैलालीकी एक महिलामा कोरोना पुष्टि, कैलालीमै दुई जनाको मृत्यु, कोरोनाका कारण हालसम्म २२ जनाको गयो ज्यान
फाइल फोटो

कैलाली : कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो।

टाउकोको समस्या आएपछि उनलाई ३१ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा मङ्गलवार राती मृत्यु भएको थियो।

मृत्युपछि कोरोना परीक्षण गर्दा उनमा आज बिहान सङ्क्रमण पुष्टि भएको लम्की चुहा नगरपालिकाकी स्वास्थ्य संयोजक जयन्ती बिसीले जानकारी दिइन्।

 उनलाई विगत लामो समयदेखि छाउकोको समस्या रहेको लम्की चुहा नगरपालिकाकी उपप्रमुख टीका थापाले बताइन्। शनिवार राति टाउकोमा समस्या आएर बहोस् भएपछि उनलाई लम्की चुहा अस्पताल लगिएको थियो। त्यहाँका चिकित्सक प्रकाश तिमिल्सिनाले उनलाई सोही दिन नेपालगन्ज रेफर गरेका थिए।

स्वास्थ्य संयोजक गिरीले उनमा कोरोना पुष्टि भएको आफूहरूलाई आज दिउँसो ४ बजेतिर मात्रै जानकारी आएको बताइन्।

उनको घरमा श्रीमान् र दुई छोरा रहेका छन्। उनमा कोरोना कहाँबाट सङ्क्रमण भयो भन्ने अन्योल छ।

 उनलाई रेफर गरिएको लम्की चुहा अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको छ। अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो।

गिरीका अनुसार उनको उपचारमा प्रत्यक्ष संलग्न एक चिकित्सक, एक एच ए र एक जना स्टाफ नर्स तथा स्वयं गिरीसहित ४ जना होम आइसोलेसनमा बसेका छन्। अस्पतालमा ३० जना कार्यरत रहेको र उनीहरूका विषयमा अहिले घरमा सुरक्षित बस्न भनिएको गिरीले जानकारी दिइन्। १० दिनपछि ती चिकित्सकको स्वाब सङ्कलन गरी परीक्षण गरेर मात्रै अरूको परीक्षण गरिने बताइएको छ।

ती चिकित्सकले आज दिउँसोसम्म बिरामीको उपचार गर्दै आएका थिए। शनिवार यता उनले कति बिरामी जाँचे भन्ने बारेमा भने तथ्याङ्क निकाल्न बाँकी रहेको गिरीको भनाई छ।

बुधवारै गत शनिवार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। यो सँगै कैलालीमा आजै कोरोनाका कारण दुई जनाको मृत्यु पुष्टि भएको छ।

देशभर भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell