PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

खेलाडीको सुरक्षामा विशेष ध्यान दिएका छौँ : मन्त्री विश्वकर्मा



रासस

खेलाडीको सुरक्षामा विशेष ध्यान दिएका छौँ : मन्त्री विश्वकर्मा
फोटो : रासस।

काठमाडौं : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको सुरक्षामा विशेष ध्यान दिएको बताएका छन्।

राष्ट्रिय सभाको बुधवारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले खेलाडीको सुरक्षाका लागि दुर्घटना बीमा, स्वास्थ्य बीमालगायत काम गर्न लागेको जानकारी दिए।

मन्त्री विश्वकर्माले खेलाडीको सम्मानका लागि कुनै कसर बाँकी नराखेको र खेलाडीलाई सहयोग गर्न सरकार सधैँ तत्पर रहेको उल्लेख गरे। गत वर्ष मंसिरमा नेपालमा सम्पन्न १३ औँ सागमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले सागमा पदक जित्ने खेलाडीलाई उचित सम्मान गरिएको बताए।

मन्त्री विश्वकर्माले पदक जितेका खेलाडीलाई रकम उपलब्ध गराएको भन्दै पेश्की फर्छ्योट गर्न ढिला भएका कारण केही प्रशिक्षकलाई रकम उपलब्ध गराउन ढिला भएको बताए। आगामी आर्थिक वर्षदेखि सागमा स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको उनले स्पष्ट पारे। सागमा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक छ हजार रुपैयाँ उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell