PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

छिमेकी देशलाई मोदीको सन्देश : भारतले कसैलाई उक्साउने काम गरेको छैन, तर परेको खण्डमा जवाफ दिन तयार छौं



पहिलोपोस्ट

छिमेकी देशलाई मोदीको सन्देश : भारतले कसैलाई उक्साउने काम गरेको छैन, तर परेको खण्डमा जवाफ दिन तयार छौं
Photo: twitter.com/narendramodi

भारत-चीन सीमामा रहेको गालवन क्षेत्रमा दुवै देशका सेनाबीच ‘हिंस्रक झडप’ भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत युगौंदेखि शान्तिप्रिय देश रहेको बताएका छन्। 

सोमवार  झडपका क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले भारतीय सैनिक आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेर गैरकानूनी काम गरेको र चिनियाँ सैनिकमाथि आक्रमण गरेपछि झडप भएको बताएको छ। 

चीनसँगमात्र नभइ नेपालसँग पनि लिम्पियाधुराको विषयमा भारतीय प्रधानमन्त्री मोदीले केही नबोलेको भन्दै आलोचना भइरहेको थियो। आलोचनाबीच मोदीले आज मुख्यमन्त्रीहरुसँगको छलफलमा भारतले आफ्ना छिमेकी राष्ट्रबीच मतभेद होस् भन्ने नचाहेको बताएका हुन्। 

चीनप्रति लक्षित गर्दै गरिएको सम्बोधनका क्रममा मोदीले ‘छिमेकी राष्ट्र’ शब्द प्रयोग गर्दै नेपाल सहित बंगलादेश र पाकिस्तानलाई समेत सन्देश दिन खोजेको भारतीय मिडियाले दावी गरेका छन्। 

मोदीले भने, ‘भारत आफ्नो एक इन्च जमिन र स्वाभिमानको रक्षा गर्छ। भारत सांस्कृति रुपमा एक शान्तिप्रिय देश हो। हाम्रो इतिहास शान्तिको रहेको छ।  हामीले हरेक युगमा संसारभर शान्ति बनायौं। मानविय कल्याणको कामना गर्‍यौँ । हामीले जहिल्यै आफ्नो छिमेकीहरुसँग सहकार्य र मैत्रीपूर्ण तरिकाले मिलेर काम गरेका छौं। सधै उनीहरुको विकास र कल्याणको कामना गरेका छौं। जहाँ हाम्रीबीच मतभेद रहेको छ हामीले जहिलै मतभेद विवाद नबनोस् भन्ने प्रयास गरेका छौं।’

 

मोदीले भारतले कहिलै कसैलाई उक्साउने काम नगरेको तर देशको अखण्डता र सम्प्रुभताको साथ सम्झौता नगर्ने भन्दै भने, ‘जबजब समय आएको छ तबतब हामीले हाम्रो देशको अखण्डता र सम्प्रुभताको रक्षा गर्न हामीले हाम्रो शक्तिको प्रदर्शन गरेका छौं। हामीले हाम्रो क्षमतालाई सावित गरेका छौं। त्याग हाम्रो राष्ट्रिय चरित्र हो। बिक्रम र विरता पनि हाम्रो देशको चरित्र हो। म भारतवासीलाई विश्वास दिन चाहन्छु कि शहिद को वलिदानलाई व्यर्थ जान दिँदैनौं।’

मोदीले फेरि भारतको अखण्डता र सम्प्रुभताको रक्षा गर्न कसैले पनि रोक्न नसक्ने भन्दै भने, ‘यसबारेमा कसैमा पनि अलिकति भ्रम र सन्देह हुनुहुँदैन। भारत शान्ति चाहन्छ तर भारत कसैको उक्साहटमा यथोचित जवाफ दिनमा सक्षम छ।’

उनले चीनसँगको झडपमा मारिएका २० जना शहिदहरुप्रति देशलाई गर्व भएको भन्दै भने, ‘उनीहरु मार्दैमार्दै मरेका हुन्।’

भारतले चीनसँगको झडपको क्रममा ४० भन्दा धेरै चिनियाँ सैनिक समेत मारिएको दावी गर्दै आएको छ। यद्यपि, चीनले भने उक्त दावीलाई पुष्टि गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell