PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

युभेन्टसलाई हराउँदै कोपा इटालियाको उपाधि नापोलीलाई



पहिलोपोस्ट

युभेन्टसलाई हराउँदै कोपा इटालियाको उपाधि नापोलीलाई

कोपा इटालियाको उपाधि नापोलीले जितेको छ। गएराति भएको खेलमा युभेन्टसलाई ट्राइबेकरमा हराउँदै नापोलीले कोपा इटालियाको उपाधि जितेको हो।

 

रोमको स्टेडियो ओलम्पियोमा भएको खेलमा निर्धारित समयसम्म दुवै टिमले गोल गर्न नसकेपछी खेल ट्राइबेकरमा पुगेको थियो। खेलको नयाँ नियम अनुसार अतिरिक्त समय थपिएन र खेल ट्राइबेकरमा पुग्यो। ट्राइबेकरबाट ४-२ ले जित निकाल्दै नापोलीले उपाधि जितेको हो।

ट्राइबेकरमा नापोलीको तर्फबाट लोरेन्जो इनसाइन, म्याटियो पोलिटानो, निकोला माक्सिमोभिक र अर्काडिउज मिलिकले गोल गरे। यता युभेन्टसका पाउलो डिब्याला र डानिलोले गोल मिस गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell