
काठमाडौं : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोन संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए अनुसार गोरखा, मनाङ, तनहुँ र नवलपरासी पूर्वमा थप कोरोना संक्रमित भेटिएको हो। मनाङमा यो पहिलो कोरोना केस हो। गोरखामा ११ जना, तनहुँमा १२ जना, नवरलपरासीमा १८ जना र मनाङमा १ जनामा कोरोन संक्रमण देखिएको हो। यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या २ सय ८९ पुगेको छ।