PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

इङ्लिस प्रिमियर लिग: आर्सनलमाथि म्यानचेस्टर सिटीको जित



पहिलोपोस्ट

इङ्लिस प्रिमियर लिग: आर्सनलमाथि म्यानचेस्टर सिटीको जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलमाथि म्यानचेस्टर सिटीले ३-० को जित निकालेको छ।

इतिहाड स्टेडियममा भएको खेलमा घरेलु टोली सिटीले पहिलो हाफमा रहिम स्ट्रलिङको गोलमा अग्रता बनाएको थियो। स्ट्रलिङले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुमै डेभिड लुइस रातो कार्ड खाँदै बाहिरिएसँगै आर्सनल १० खेलाडीमा सीमित भएको थियो। उता सिटीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अर्को गोल गोल थप्यो। सिटीका लागि दोस्रो गोल केभिन डि ब्रुइनले गरेका थिए। त्यस्तै अतिरिक्त समयमा फिल फोडेनले अर्को गोल थप्दा आर्सनलमाथि सिटीले ३-० को सहज जित निकाल्न सफल रह्यो।

जितसँगै सिटी अंकतालिकाको दोस्रो स्थानमा यथावत छ। लिगको शीर्षस्थानमा रहेको लिभरपुलको ८२ अंक छ भने दोस्रो स्थानमा रहेको सिटीको ६० अंक छ। त्यस्तै आर्सनल ४० अंकसहित नवौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell