PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

भक्तपुरमा कार्यरत प्रहरीमा कोरोना, १२ प्रहरी क्वारेन्टाइनमा



पहिलोपोस्ट

भक्तपुरमा कार्यरत प्रहरीमा कोरोना, १२ प्रहरी क्वारेन्टाइनमा

काठमाडौं : काठमाडौं उपत्यकामा कार्यरत थप एक जना प्रहरीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दारमा कोरोना पोजेटिभ देखिएको हो।

'स्वास्थ्यमा समस्या आयो भनेपछि कोरोना परीक्षण गराइएको थियो। हिजो पोजेटिभ भनेर आयो,' परिसरका एसपी सविन प्रधानले भने। उनको पाँच दिन अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो।

सङ्क्रमित देखिएका हवल्दार परिसरको सञ्चार शाखामा काम गर्दै आएका थिए। उनको रातीको ड्युटी थियो। लकडाउनको समयमा उनी काठमाडौँ उपत्यका बाहिर गएको अहिलेसम्म खुलेको छैन। सङ्क्रमण देखिएपछि अहिले १२ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ। जसमा ४ जना महिला प्रहरी रहेका छन्।

'यो छुट्टै शाखा हो। उनीहरूको बाहिरको प्रहरीसँग त्यति सम्पर्क हुँदैन। त्यसैले उनीहरूलाई त्यहीँ राखिएको छ,' उनले भने।

क्वारेन्टाइनमा रहेकामध्ये दुई जना श्रीमान् श्रीमती प्रहरी समेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell