PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

डर्टमण्ड घरेलु मैदानमा माइन्जसँग पराजित



पहिलोपोस्ट

डर्टमण्ड घरेलु मैदानमा माइन्जसँग पराजित

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमण्ड माइन्जसँग पराजित भएको छ। सिग्नल इड्युना पार्कमा भएको खेलमा डर्टमण्ड २-० ले पराजित भएको हो।

खेलमा जोनाथन बुरकारडको गोलबाट माइन्जले अग्रता बनाएको थियो। उनले खेलको ३३ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा माइन्ज १-० ले अघि रह्यो।

त्यस्तै दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै माइन्जले अर्को गोल थप्यो। माइन्जका लागि जिन फिलिपे माटेलाले ४९ मिनेटमा अर्को गोल थपे। र, माइन्जले खेल २-० ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै माइन्जले रेलिगेशनको भयबाट राहत पाएको छ। जितसँगै १५ औं स्थानमा रहेको माइन्जको ३४ अंक छ। अर्कोतर्फ तालिकाको दोस्रो स्थानमा रहेको डर्टमण्डको ६६ अंक छ। शीर्ष स्थानमा रहेको बायर्नले उपाधि सुरक्षित गरिसक्दा दोस्रो स्थानका लागि डर्टमण्डलाई तेस्रो स्थानको लाइपजिगले चुनौती दिनसक्छ। लाइपजिगको ६३ अंक रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell