PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

भक्तपुरमा तीन जना संक्रमित : प्रहरीदेखि विदेशबाट आएकासम्म, संक्रमित युवाको सम्पर्कमा आएका मानिस खोज्दै प्रहरी



पहिलोपोस्ट

भक्तपुरमा तीन जना संक्रमित : प्रहरीदेखि विदेशबाट आएकासम्म, संक्रमित युवाको सम्पर्कमा आएका मानिस खोज्दै प्रहरी

काठमाडौं : बुधवार देशभर थपिएका संक्रमितमध्ये तीन जना भक्तपुरका भएको खुलेको छ।

भक्तपुरमा नेपाल प्रहरीका हवल्दारसहित तीन जनामा कोरोना देखिएको हो। सङ्क्रमण देखिएका हवल्दार परिसरको सञ्चार शाखामा काम गर्दै आएका थिए। उनको रातीको ड्युटी थियो। लकडाउनको समयमा उनी काठमाडौँ उपत्यका बाहिर गएको अहिलेसम्म खुलेको छैन। सङ्क्रमण देखिएपछि अहिले १२ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ। जसमा ४ जना महिला प्रहरी रहेका छन्।

त्यस्तै, गत जेठ ३० गते कुबेत सरकारको आम माफीमा पाएर फर्किएकी खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वदेश फर्किएर विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो। उनको जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गर्दा कोरोना देखिएको परिसरका एसपी सविन प्रधानले जानकारी दिए।

त्यस्तै, भक्तपुर नगरपालिका–६ का २२ वर्षीय युवकलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। युवकको कन्ट्याक्ट ट्रेसिङ गर्न  काम भइरहेको छ। उनको घर सिल गरेर सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको एसपी प्रधानले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell