PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

फिनल्यान्डलाई खराब मुलुकको सूचीमा उछिन्दै नेपाल, आज अस्ट्रेलियालाई जित्दै



पहिलोपोस्ट

फिनल्यान्डलाई खराब मुलुकको सूचीमा उछिन्दै नेपाल, आज अस्ट्रेलियालाई जित्दै

काठमाडौं : कोभिड १९ का कारण संसारका खराब मुलुकको सूचीमा नेपालले फिनल्यान्डलाई पछि पारेको छ। उज्वेकिस्तान र आइभोरी कोस्टलाई पछि पारेको नेपालले हिजो ५ सय ८६ संक्रमित थपिएपछि फिनल्यान्डलाई पछि पारेको हो। संक्रमितको संख्या अहिलेकै रफ्तारमा जाने हो भने आज नेपालले अस्ट्रेलियालाई पनि खराब मुलुकको सूचीमा पछि पारेर अग्रता लिनेछ।

विश्वका खराब मुलुकको सूचीमा नेपाल अहिले ७० औं स्थानमा छ। हिजोसम्म नेपालमा ७ हजार १ सय ७७ जना संक्रमित भेटिएका छन्। ४२ जना त आज बिहानमात्र नयाँ संक्रमित गण्डकी प्रदेशमा फेला परेका छन्। यससहित ७ हजार २ सय १९ जना संक्रमित आज बिहान ५ बजेसम्म रहेका छन्, नेपालमा।

नेपालभन्दा एक तह माथि रहेको अस्ट्रेलियमा संक्रमितको संख्या ७ हजार ३ सय ९० छ। तर, अस्ट्रेलियामा संक्रमितको संख्या बढ्ने दर नेपालभन्दा धेरै कम रहेको छ। त्यसैले यो सूचीमा नेपालले अस्ट्रेलियालाई एकै दिनमा उछिन्ने देखिन्छ।

अस्ट्रेलियालाई पछि पारेपछि नेपाल मलेसियाको नजिक पुग्ने छ, संक्रमितको संख्यामा।

दक्षिण एसियामा हेर्ने हो भने भारत शीर्ष स्थानमा छ। भारतमा ३ लाख ६७ हजार संक्रमित रहेका छन्। दोस्रो स्थानमा रहेको छ, पाकिस्तान। त्यहाँ संक्रमितको संख्या १ लाख ५४ हजार ७ सय ६० जना संक्रमित छन् त्यहाँ। वंगलादेशको अवस्था पनि खराब नै छ। त्यहा ९८ हजार ४ सय ८९ जनामा संक्रमण देखिएको छ। त्यसपछि संक्रमणको उच्च दर अफगानिस्तानमा रहेको छ। त्यहा २६ हजार ८ सय ७४ जना संक्रमित छन्। त्यसपछि धेरै संक्रमित हुनेमा नेपाल पर्छ।

दक्षिण एसियाली मुलुकमा मालदिभ्समा २ हजार १ सय २० जना संक्रमित छन् भने श्रीलङ्कामा संक्रमितको संख्या १ हजार ९ सय २४ रहेको छ। दक्षिण एसियामा सबैभन्दा कम संक्रमण भुटानमा रहेको छ। त्यहाँ ६७ जना संक्रमित भेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell