PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

गण्डकीमा फेरि थपिए ५ नयाँ संक्रमित



पहिलोपोस्ट

गण्डकीमा फेरि थपिए ५ नयाँ संक्रमित

काठमाडौं : गण्डकी प्रदेशमा आज बिहान थप ५ जना नयाँ संक्रमित थपिएका छन्।

आज बिहान ५:४५ बजे प्रदेशका ४ जिल्लामा ४२ नयाँ संक्रमित फेला परेका थिए। आज बिहान ८ बजेसम्म यहाँ एकै दिन ४७ जनामा संक्रमण देखिएको हो। यससँग गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ९३ पुगेको छ।

स्वास्थ्य निर्देशनालयले बिहान ८ बजे जारी गरेको विज्ञप्तिअनुसार पर्वत कुश्मा नगरपालिकाका ४२ वर्षीय पुरुष र २० वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो। उनीहरु दुवै क्वारेन्टाइनमा थिए।

पर्वतकै मोदी गाउँपालिका स्थायी ठेगाना भइ कुश्मा नगरपालिकाकै क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

त्यसैगरी फलेबास नगरपालिका स्थायी ठेगाना भएका ३० र ३७ वर्षीय दुई जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु पनि कुश्माकै क्वारेन्टाइनमा छन्। उनीहरु सबैको भरतपुर अस्पतालमा स्वाब परीक्षण भएको हो।

संक्रमित सबै भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका मानिसहरु हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell