PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

क्वारेन्टाइनमा झुन्डिएर आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ, राति नै जंगलमा लगेर अन्त्येष्टि



पहिलोपोस्ट

क्वारेन्टाइनमा झुन्डिएर आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ, राति नै जंगलमा लगेर अन्त्येष्टि

काठमाडौं : अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषको कोरोना संक्रमण पुष्टि भएको छ।

नगरपालिकाको ५ मा रहेको जुनेना स्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४४ वर्षीय पुरुषले बुधवार बिहान क्वारेन्टाइन नजिकै रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए।

'उहाँको रिजल्ट पोजेटिभ देखियो,' शितगंगा नगरपालिकाका मेयर सूर्यप्रसाद अधिकारीले भने।

भारतको पञ्जावबाट आएका उनको आरडीटी परीक्षणमा एन्टीबडी देखिएको थियो। उनी भारतबाट जेठ १० गते आएका थिए। उनलाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणका लागि पठाइएको थियो। मृत्यु भएकै साँझ उनमा कोरोना पोजेटिभ देखिएको हो। रिजल्ट नआइकन शवलाई उठाइएको थिएन।

कोरोना पोजेटिभ देखिएपछि सेनाले नजिकैको जंगलमा लगेर खाल्डो खनेर अन्त्येष्टि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell