PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एकै दिन ७७ जना नयाँ संक्रमित थपिए गण्डकी प्रदेशमा, अहिलेसम्मकै उच्च



पहिलोपोस्ट

एकै दिन ७७ जना नयाँ संक्रमित थपिए गण्डकी प्रदेशमा, अहिलेसम्मकै उच्च

काठमाडौं : गण्डकी प्रदेशमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन्। प्रदेशको पहाडी जिल्लाहरुमा भारतबाट फर्केर आउनेको संख्या बढेसँगै संक्रमितहरु पनि बढेका हुन्। आज बिहान तीन पटक अध्यावधिक गरिएको सूचीअनुसार एकै दिन ७७ जना नयाँ संक्रमित भेटिएका हुन्।

बिहान ५:४५ बजे, ८ बजे र ९ बजे गरी तीन पटक जारी गरिएको विवरण अनुसार मनाङ बाहेक सबै भारतबाट आएका मानिसमा संक्रमण देखिएको हो। मनाङमा कपिलवस्तुबाट पुगेका खाद्यका कर्मचारीमा संक्रमण देखिएको हो।

बिहान ९ बजे अध्यावधिक गरिएको जानकारी अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ सय २४ पुगेको छ। ९ बजे ३० जना नयाँ संक्रमित थपिएका हुन्। थपिएका सबैजना क्वरेन्टाइनमा नै रहेको र सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।

स्याङ्जाको आँधीखोला गाउँपालिकामा ४ जना, काली गण्डकी गाउँपालिकामा ५ जनामा संक्रमण देखिएको छ। त्यस्तै पर्वतको कुश्मा नगरपालिका १, फलेबास नगरपालिकामा २, जलजला गाउँपालिकामा १ जना थपिएका छन्। तनहुँको व्यास नगरपालिकामा ३ नयाँ संक्रमित थपिएका छन्।

नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकामा ९ जना संक्रमित थपिएका छन् भने विनयत्रिवेणी गाउँपालिकामा ४ र बाग्लुङको गल्कोट नगरपालिकामा १ जना संक्रमित थपिएका छन्।

८ बजेको अपडेटमा थपिएका थिए ५

स्वास्थ्य निर्देशनालयले बिहान ८ बजे जारी गरेको विज्ञप्तिअनुसार पर्वत कुश्मा नगरपालिकाका ४२ वर्षीय पुरुष र २० वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो। उनीहरु दुवै क्वारेन्टाइनमा थिए।

पर्वतकै मोदी गाउँपालिका स्थायी ठेगाना भइ कुश्मा नगरपालिकाकै क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

त्यसैगरी फलेबास नगरपालिका स्थायी ठेगाना भएका ३० र ३७ वर्षीय दुई जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु पनि कुश्माकै क्वारेन्टाइनमा छन्। उनीहरु सबैको भरतपुर अस्पतालमा स्वाब परीक्षण भएको हो। संक्रमित सबै भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका मानिसहरु हुन्।

बिहान ५:४५ मा थपिए ४२

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए अनुसार गोरखा, मनाङ, तनहुँ र नवलपरासी पूर्वमा थप कोरोना संक्रमित भेटिएको हो।

मनाङमा पहिलो कोरोना संक्रमण देखिएको हो। गोरखामा ११ जना, तनहुँमा १२ जना, नवलपरासीमा १८ जना र मनाङमा १ जनामा कोरोन संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell