PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

के चुनाव जित्न ट्रम्पले चीनका राष्ट्रपतिसँग सहयोग मागेका हुन्?



पहिलोपोस्ट

के चुनाव जित्न ट्रम्पले चीनका राष्ट्रपतिसँग सहयोग मागेका हुन्?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनफिङसँग आप्नो दोस्रो चुनावका लागि सहयोग मागेको सनसनीपूर्ण खुलासा भएको छ। अमेरिकाको पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो पुस्तकमा पुन: निर्वाचनमा जितका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गरेको खुलासा गरेका हुन्।

ट्रम्पका पूर्व सुरक्षा सल्लाहकारले पुस्तक ल्याउने चर्चासँगै राष्ट्रपति ट्रम्पले त्यसलाई रोक्न प्रयास गरेका थिए। नीतिगत मतभेद भएपछि ट्रम्पले गत सेप्टेम्बरमा उनलाई पदबाट हटाएका थिए।

'दी रुम होयर इट ह्यापन्ड : अ ह्वाइट हाउस मेमोयर' शीर्षकको पुस्तकको अंश बुधवार वाल स्ट्रिट जर्नल, न्युयोर्क टाइम्स र दी वासिङ्टन पोस्टमा प्रकाशित भएको छ। अमेरिकी सरकारले यो पुस्तकलाई प्रकाशन नहोस् भन्ने चाहेको छ। राष्ट्रिय सुरक्षालाई लिएर पुस्तक प्रकाशन रोक लगाउने ट्रम्पले तयारी गरिरहँदा पुस्तकका अंश पत्रिकामा प्रकाशन भएका हुन्। अमेरिकी सरकारले क्लासिफाइड सूचनाका कारण राष्ट्रिय सुरक्षामा आँच आउने भन्दै पुस्तक रोक्नका लागि अदालत गुहारेको छ जसमाथि शुक्रावार सुनुवाई हुनेछ।

पुस्तकमा ट्रम्पमाथि गम्भीर आरोपहरु लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell