PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राजकुमारी डायनाको भूमिकामा प्रस्तुत हुँदै 'ट्वाइलाइट' अभिनेत्री क्रिस्‍टेन स्टेवार्ट



पहिलोपोस्ट

राजकुमारी डायनाको भूमिकामा प्रस्तुत हुँदै 'ट्वाइलाइट' अभिनेत्री क्रिस्‍टेन स्टेवार्ट

'ट्वाइलाइट' अभिनेत्री क्रिस्‍टेन स्टेवार्ट राजकुमारी डायनाको रुपमा प्रस्तुत हुने भएकी छिन्। डायना र राजकुमार चार्ल्सको सम्बन्ध विच्छेद बारे बन्‍न लागेको फिल्म 'स्पेन्सर'का लागि स्टेवार्ट फाइनल भएको डेडलाइनमा जनाइएको छ।

सन् १९९० दशकको घटनाक्रममाथि बन्ने फिल्मलाई स्टेभेन नाइटले लेख्दैछन्। सान्डिन्घ्रमको सेटिङ रहने फिल्ममा डायनाले आफ्नो वैवाहिक जीवन सुखद् नरहेको महसुस गर्छिन्। निर्देशक पाब्लो लार्रेनले भने,'हामीले एक महिलाको पहिचान र उसले आफ्ना लागि गर्ने निर्णयको कथा देखाउन चाहेका हौं। त्यो निर्णय जसले उनलाई रानी बन्नबाट बञ्चित गर्‍यो।'

पाब्लोले स्टेवार्ट उक्त भूमिकाको लागि उत्कृष्ट रहने बताएका छन्।

राजकुमारी डायना स्पेनसरले राजकुमार चार्ल्ससँग सन् १९८१ मा विवाह गरेकी थिइन्। उनीहरुको १९९२ देखि दुई जना सँगै बस्न छाडे र सन् १९९६ मा उनीहरुको कानूनी रुपमा सम्बन्धविच्छेद भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell