PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

अनन्तसहित चार नेपाली फुटबल प्रशिक्षकलाई एएफसी ए कोचिङ लाइसेन्स



पहिलोपोस्ट

अनन्तसहित चार नेपाली फुटबल प्रशिक्षकलाई एएफसी ए कोचिङ लाइसेन्स

काठमाडौं: नेपालका चार नेपाली फुटबल प्रशिक्षकले एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका छन्। आज प्रकाशित लाइसेन्सको नतिजा अनुसार ४ जनाले ए कोचिङ लाइसेन्स र २ जनाले एएफसी लाइसेन्स प्रो हात पारेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार अनन्तराज थापा, चेतन घिमिरे, सल्यान खड्गी र युगलकिशोर राईले एएफसी ए कोचिङ लाइसेन्स हात पारेका हुन्।

त्यस्तै चुनबहादुर थापा र बसन्त गौचन थकालीले एएफसी ए लाइसेन्स प्रो पास गरेका हुन्।

कोर्षलाई दुई भागमा बाँडेर २०१९ को डिसेम्बर १ बाट २०२० को मार्च ८ सम्म गराइएको थियो। जसमा देशभरका २३ प्रशिक्षकहरुको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell