PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुजीव शाक्यको 'अर्थात् परिवर्तन'को 'ई-बुक' रिलिज हुँदै



पहिलोपोस्ट

सुजीव शाक्यको 'अर्थात् परिवर्तन'को 'ई-बुक' रिलिज हुँदै

काठमाडौं : नेपालयले आर्थिक टिप्पणकार सुजीव शाक्यले लेखेको 'अर्थात् परिवर्तन' को 'ई-बुक' लन्च गर्ने भएको छ।

कोरोना भाइरसका कारण प्रकाशन व्यवसाय प्रभावित भएपछि नेपालयले पुस्तकको विद्युतीय भर्सन सार्वजनिक गर्न लागेको हो। यसअघि पनि नेपालका पुस्तकहरुको इ भर्सन अमेजन, बार्न्स एंड नोबल लगायतका स्टोरमा उपब्ध छ। अँग्रेजी भाषाका पुस्तकहरु 'ई-बुक'का रुपमा किन्डलमा पनि उपलब्ध छन्। शाक्यको पुस्तक भने विद्युतीय भर्सनबाट नै बिक्री थालिने नेपालयले जनाएको छ। यसको प्रिन्टेड भर्सन आइसकेको छैन।

नेपाली भाषाका किताबहरु विद्युतीय भर्सनमा पढ्ने संस्कार नभइसकेको अवस्थामा नेपालयले यसको जोखिम मोलेको हो।

‘विगतमा हामीले, यहीं विकास गरिएका विभिन्न ई-बुकका प्लेटफर्मलाई प्रयोग गर्ने प्रयत्न नगरेका होइनौं। तर, ती सबै माध्यममा केही न केही प्रविधिक कमजोरीहरू रहे,' नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘माहामारीबीच आइपरेको लकडाउनमा 'ई-बुक'को नयाँ अवधारणासहितको समाधान लिएर आयो।'

नेपालयले लकडाउनकै बीचको करिब एक महिनामा हजार भन्दा बढी ई-बुक बिक्री भएको दावी गरेको छ। 'यो निकै उत्साहजनक नतिजा हो,’ किरणले भने।

शाक्यको यसअघि अर्थतन्त्रमा आधारित नेपाली पुस्तक, ‘अर्थात् अर्थतन्त्र’ नेपालय बाटै प्रकाशित छ। अंग्रेजीमा लेखिएको, ‘अनलिसिङ नेपाल’ र ‘अनलिसिङ द बज्र’ पेनगुइनबाट प्रकाशित भएको छ।

‘नयाँ पुस्तक 'ई-बुक' मार्फत् आउन लागेको कुराले म उत्साहित छु,’ लेखक सुजीव शाक्यले भने। उनको पुस्तक असार ४ गते (१८ जून) वीहीवारदेखि साप्ताहिक रुपमा एक एक अध्याय सार्वजनिक हुनेछ। पुस्तक पूर्ण रुपमा असार ३० गते (१४ जुलाई) पूर्ण रुपमा ‘ई-बुक’ मार्फत् सार्वजनिक हुनेछ।

सार्वजनिक अध्यायलाई 'थुप्रै'को एप वा लिंकमा उपलब्ध हुनेछ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell