PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

लिम्पियाधुरासहितको भूभाग अब कानुनी रुपमै नेपालको नक्सामा



पहिलोपोस्ट

लिम्पियाधुरासहितको भूभाग अब कानुनी रुपमै नेपालको नक्सामा

काठमाडौँः भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूमि कायम भएको छ। संघीय संसद्को दुबै सदनबाट पारित विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ। 

संविधान संशोधन विधेयक प्रमाणीकरण भएसँगै नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूभाग कायम भएको हो। 

संशोधन अनुसार नेपालको नक्सासहितको निशान छाप परिमार्जनको प्रक्रिया पूरा भएको छ। संविधानको अनुसूचीमा पनि अब उक्त नक्सा नै प्रयोग हुनेछ।  

स‌घीय संसदका दुबै सदनबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको थियो। विधेयक बिहीबार राष्ट्रियसभाबाट पारित भएको थियो। विधेयक पारितको जानकारी बिहीबार नै प्रतिनिधिसभामा गराइएको थियो। 

पारितसँगै अपराह्न ४ बजेतिरमात्र विधेयक सभामुखबाट प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गरिएको थियो। 

भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर सरकारले जेठ ७ गने अद्यावधिक राजनीतिक तथा  प्रशासनिक नक्सा प्रकाशन भएको थियो। जेठ ९ गते सरकारका तर्फबाट संविधान संशोधन  विधेयक संसदमा दर्ता भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell