PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

गण्डक अस्पतालबाट आठ जना कोरोना जितेर फर्किए घर



पहिलोपोस्ट

गण्डक अस्पतालबाट आठ जना कोरोना जितेर फर्किए घर

वीरगंज : नारायणी अस्थायी कोभिड गण्डक अस्पतालबाट बिहीवार दुई महिलासहित आठजना डिस्चार्ज भएका छन्। अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहका अनुसार १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका आठजना कोरोना जितेर डिस्चार्ज भएका हुन्।

जसमा एकजना ३६ वर्षीया राजदेवी-१ पथराकी महिला छिन् भने पर्साको श्रीसियाकी १५ वर्षीया किशोरी पनि रहेकी छन्। त्यसैगरी, कालिकामाई गाउँपालिकाका ३०, ४५, ४०, १६ वर्षका पुरुष छन् भने पर्साको गुलरियाका ३३ वर्ष र सखुवाप्रसौनीका २५ वर्षका पुरुष पनि डिस्चार्ज भएका छन्।

अब गण्डक अस्पतालमा ८ महिलासहित ४२ जना संक्रमित उपचाररत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell