PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

पाइलट तालिमका लागि बुद्धले ल्यायो अत्याधुनिक ‘फ्लाइट सिमुलेटर’, हट्यो विदेश जानुपर्ने बाध्यता

पाइलट तालिमका लागि बुद्धले ल्यायो अत्याधुनिक ‘फ्लाइट सिमुलेटर’, हट्यो विदेश जानुपर्ने बाध्यता

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : निजी वायुसेवा कम्पनी बुद्ध एयरले अत्याधुनिक ‘फ्लाइट सिमुलेटर’ सञ्चालनमा ल्याउने भएको छ। एटिआरमा कार्यरत पाइलट प्रशिक्षणका लागि बुद्ध एयरले ‘फ्लाइट सिमुलेटर’ सञ्चालनमा ल्याउने भएको हो।

चार महिना अगाडि बुद्धले फ्रान्सस्थित एटिआर कम्पनीसँग पाँच लाख युरोमा खरिद गरी ल्याएको यो सिमुलेटर केहि दिन अघि इन्स्टल गरिएको जनाएको छ।

सो अत्याधुनिक सिमुलेटरमार्फत पाइलटले प्राविधिक प्रणालिको जानकारी लन सक्ने कम्पनीका वरिष्ठ क्याप्टेन (इन्स्ट्रकटर पाइलट) प्रमोद थापाले जानकारी दिए।

लकडाउनका कारण कम्पनीले अत्याधुनिक सिमुलेटरमार्फत तालिम सञ्चालन गर्न नसकेको जनाएको छ। कम्पनीका अनुसार अत्याधुनिक सिमुलेटर तालिम सञ्चालनका लागि कम्पनीले नयाँ कक्ष तयार गर्ने क्रममा रहेको छ।

‘यस अघि सिस्टम प्रशिक्षणको लागि पाइलटलाई विदेश पठाउनुपर्ने हुन्थ्यो। अब एटिआरकै सिमुलेटर आइसकेपछि विदेशमा गर्नुपर्ने खर्च पनि न्यून हुनेभयो,’ कम्पनीका एक कर्मचारीले भने।



ट्रेन्डिङ पोस्ट

Ncell