PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

चितवन घर भई टीकाथली बस्ने ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि



रासस

चितवन घर भई टीकाथली बस्ने ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

ललितपुर : चितवनको रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनअघि उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको जानकारी दिए।

हालसम्म ललितपुरका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये एक पुरुषको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell