PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

पोखरा महानगरपालिका सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

पोखरा महानगरपालिका सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण
फोटोः सन्जोग तिमिल्सिना

काठमाडौं : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ। स्याङ्जा, कास्की, बाग्लुङ, नवलपरासी पूर्व गरेर चार जिल्लामा संक्रमितहरु भेटिएका हुन्।

नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकामा दुई जना, बाग्लुङ्को गल्कोट नगरपालिकामा ६, काठे खोला गाउँपालिकामा ६ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, पोखरा महानगरपालिकामा पाँच र रुपा गाउँपालिकामा एक जना गरी कास्कीमा ६ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्याङ्जामा थप दुई जनामा कोरोना देखिएको हो।

कोरोना देखिएका सबैजना भारतबाट फर्किएका हुन्। सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ| यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या ३ सय ४८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell