PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

मध्य रातमा माइतीघरमा किन जागे आन्दोलनकारी?



पहिलोपोस्ट

मध्य रातमा माइतीघरमा किन जागे आन्दोलनकारी?

काठमाडौं : न्याय निदायो भन्दै मध्य रातमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ता माइतीघर पुगे। टर्च लाइट बालेर न्याय खोज्न भन्दै ३० जनाको टोली माइतीघरदेखि सिंहदरवार हुँदै संसद भवनसम्म पुग्यो।

रातको १२ बजे निकालिएको यो नौलोखाले विरोध जुलस थियो। न्याय निदाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले आन्दोलनको फरक शैली अपनाएका हुन्।

सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन निदाएकाले ब्युझाउनका लागि आन्दोलन गरेको उनीहरुको भनाइ थियो। जनतासमेत नउठेको भन्दै मध्य रातमा उनीहरुले यस्तो कार्यक्रम गरेका हुन्।

रुकुममा युवाहरुको हत्याको विषय, क्वारेन्टाइनमा बलात्कार भएको विषय तथा कोरोना संक्रमणले तिब्र गति लिँदा पनि सरकारको सुस्ततालाई लिएर उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

१२ बजे आन्दोलनमा उत्रिएका उनीहरुले ३० मिनेट माइतीघरमा धर्ना दिएपछि नारावाजी गरेका थिए। त्यपछि सिहदरबार र संसद भवन नजिकै पुगेर थिए। उनीहरुले सांकेतिक रुपमा सरकारलाई ब्युँझाउन टर्च बालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell