PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

भ्यालेन्सियामाथि रियल मड्रिडको सहज जित



पहिलोपोस्ट

भ्यालेन्सियामाथि रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियमाथि ३-० को सहज जित निकालेको छ।

इस्टेडियो अल्फ्रेदो दी स्टेफानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जिमाले २ गोल र मार्को एसेनसिओले १ गोल गरे।

खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ६१ औं मिनेटमा टिमलाई अग्रता दिलाएका उनले ८६ औं मिनेटमा पनि अर्को गोल थपेका थिए। त्यसबीचमा एसेनसिनोले ७४ औं मिनेटमा गोल गरेका थिए।

खेलको ८९ मिनेटमा भ्यालेन्सियाका लि काङ इन रातो कार्ड खाँदै बाहिरिएका थिए।

जितसँगै रियल ६२ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा यथावत छ। शीर्षस्थानमा ६४ अंकसहित बार्सिलोना रहेको छ। त्यस्तै रियलसँग पराजय भोगेको भ्यालेन्सिया ४३ अंकसहित आठौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell