PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

काठमाडौं बुढानीलकण्ठका कोरोना संक्रमित होलसेल व्यापारी, सम्पर्कमा आएका १० जनाको स्वाब पठाइयो



पहिलोपोस्ट

काठमाडौं बुढानीलकण्ठका कोरोना संक्रमित होलसेल व्यापारी, सम्पर्कमा आएका १० जनाको स्वाब पठाइयो

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बालुवाखानीमा कोरोना संक्रमण भेटिएका पुरुष खाद्यान्नको होलसेल व्यापारी भएको खुलेको छ। उनी कपनको बालुवाखानीमा होलेसेल पसल चलाउँदै आएका व्यक्ति हुन्। केही कामदार समेत राखेर उनले पसल चलाउँदै आएका थिए।

'उहाँको होलसेल ठूलो छ। कर्मचारी राख्नु भएको छ। लकडाउनको समयमा व्यवस्थित सुरक्षा अपनाएर चलाउनु भएको थियो। तर कसरी सर्‍यो? अचम्ममा छौं,' बुढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले भने।

नगरपालिकाले केही दिनअघि ६० जनाको कोरोना परीक्षण गरिएको थियो। ६० जनाको रिपोर्टमा एक जनाको पोजेटिभ आएको हो।

'अन्तिम पटकको रिजल्टमा उहाँको कोरोना पोजेटिभ देखिएको हो। असार ३ गते उहाँको कोरोना पोजेटिभ भएको जानकारी आएको हो। त्यही दिन हामीले एम्बुलेन्स बोलाएर अस्पताल लगेका हौं,' प्रमुख खरेलले भने।

व्यापारीमा संक्रमण भेटिएपछि उनीसँग सम्पर्कमा आएका परिवार र अन्यको स्वाब परीक्षणको लागि पठाइएको छ। दश जनाको परीक्षणको लागि पठाइएको हो। 'उहाँसँग सम्पर्कमा आएकाको हिजो स्वाब लिएर पठाइएको छ। उहाँको घर यहीँ भएकाले परिवारसँग बस्नु हुन्छ,' खरेलले भने।

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापाले पनि केही दिन अघि एक जनामा कोरोना देखिएको जानकारी दिएका छन्। उनीसँग सम्पर्कमा आएकाहरुको परीक्षण हुने भएकाले कसैलाई पनि भयभित नहुन उनले ट्विट मार्फत् जानकारी गराएका छन्।

स्वास्थ्य मन्त्रालयले बिहीवार नियमित पत्रकार सम्मेलनमा काठमाडौंमा दुई जनामा कोरोना देखिएको जानकारी गराएको थियो। तर, मन्त्रालयले भनिएका व्यक्ति उनै हुन् वा होइनन् खुलेको छैन। तर, कपनमा संक्रमित देखिएका व्यापारीको भने ३ गते दिउँसो नै कोरोना पुष्टि भएर बलम्बुस्थित सशस्त्र प्रहरीको विशेष कोभिड अस्पताल लगिएको मेयर खरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell