PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

चीनले छोड्यो कब्जामा रहेका १० भारतीय सैनिक



पहिलोपोस्ट

चीनले छोड्यो कब्जामा रहेका १० भारतीय सैनिक
गलवानमा मारिएका भारतीय सैनिक।

गलवान उपत्यकामा चिनियाँ सैनिकको नियन्त्रणमा रहेका १० भारतीय सैनिक रिहा भएका छन्। एक लेफ्टिनेन्ट कर्नेल, तीन मेजरसहित १० जनालाई चिनियाँ सेनाले छाडेको हो।

भारत र चीनको सीमामा दुई देशका सैनिक भिड्दा २० भारतीय सैनिकको मृत्यु भएको थियो। भारतले चिनियाँ सैनिक पनि मारिएको दावी गरेको भए पनि त्यसको पुष्टि गर्न सकेको छैन। भारतीय मिडियाले यसअघि चीनको नियन्त्रणमा भारतीय सेना रहेको जानकारी समेत लुकाउँदै आएको थियो।

सुरक्षा स्रोतलाई उदृत गर्दै भारतको पत्रिका दी हिन्दुले हिजो साँझ ५ बजे सैनिकहरुलाई चीनले छाडेको जनाएको छ। बुधवार दुवै देशका सेनाबीच भएको छलफलपछि उनीहरुलाई छाडिएको हो। उनीहरु सुरक्षित रुपमा भारतीय सेना नियन्त्रित क्षेत्रमा पुगेको समाचारमा उल्लेख छ।

यता, भारतीय सेनाले भने वक्तव्य जारी गरेरै कोही पनि नहराएको दावी गरेको थियो।

'सैनिक हतियारसहित थिए'

भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय सेना विना हतियार थिए भन्ने कुराको खण्डन गरेका छन्। उनले भिडन्त भएको ठाउँमा भारतीय सैनिकसँग हतियार रहेको बताए। 'सीमामा रहेका सैनिकले सधैं हतियार बोकेका हुन्छन्। गलवान क्षेत्रमा पनि उनीहरुसँग थियो,' उनले भनेका छन्, 'लङ स्ट्यान्ड प्राक्टिस (१९९६ र २००५ सम्झौता) अनुसार हतियार चलाउन चाहिँ पाइँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell