PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

चीन र भारतका सैनिकबीच आज वार्ता, लगातार ३ चरणको छलफलपछि मुक्त भएका थिए १० भारतीय सैनिक



पहिलोपोस्ट

चीन र भारतका सैनिकबीच आज वार्ता, लगातार ३ चरणको छलफलपछि मुक्त भएका थिए १० भारतीय सैनिक

नयाँ दिल्ली : चिनियाँ सेना र भारतीय सेनाका अधिकारीबीच आज वार्ता हुने भएको छ। चीनले आफ्नो नियन्त्रणमा लिएका १० भारतीय सैनिकलाई हिजो साँझ मुक्त गरेको थियो।

लेहमा रहेको भारतीय सेनाको डिभिजन कमाण्डर मेजर जनरल अविजित वापत र उनका चिनियाँ समकक्षीबीच हिजो वार्ता भएपछि १० भारतीय सैनिकलाई रिहा गरिएको हो। जबकि भारतीय मिडियाले आफ्ना सैनिक बन्धक भएको खुलासा गरेका थिएनन्। गत जुन १५ मा दुई मुलुकका सैनिकबीच सीमा नजिकै घम्साघम्सी भएको थियो। घटनामा परी २० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने १० चिनिया सेनाको नियन्त्रणमा परेका थिए।

सीमामा दुई देशका सेनाबीचको भिडन्तपछि लगातार तीन चरणमा वार्ता भएपछि चिनिया नियन्त्रणमा रहेका भारतीय सैनिकहरुलाई रिहा गरिएको हो। भारतीय मिडियाले भने आफ्ना सेना चिनियाँ सेनाको कब्जामा रहेको सूचना पूरै लुकाउँदै भारतीयभन्दा दोब्बरभन्दा बढी संख्यामा चिनियाँ सैनिक मरेको दावी गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell