PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

गण्डकीमा थपियो संक्रमितको संख्या, आजमात्र ५६ जना नयाँमा संक्रमण



पहिलोपोस्ट

गण्डकीमा थपियो संक्रमितको संख्या, आजमात्र ५६  जना नयाँमा संक्रमण

काठमाडौं : गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ। बाग्लुङ, तनहुँ र पर्वतमा कोरोना पोजेटिभ देखिएको हो। यससँगै आज बिहानमात्रै थपिएका कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।

बाग्लुङमा १० जना, तनहुँमा १७ जना र पर्वतमा ५ जनाम कोरोना देखिएको हो। पर्वत जिल्ला अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले जानकारी दिए।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीलाई नै संक्रमण पुष्टि भएपछि अस्पतालका इमरजेन्सी सेवा बाहेकका सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द रहने डा देवकोटाले जारी गरेको वक्तव्यमा उल्लेख छ।

त्यस्तै, कास्की सहित अन्य जिल्लामा गरेर २४ जनामा कोरोना देखिएको थियो। यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या ३ सय ८० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell