PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँग भिडियो कन्फ्रेन्स, पार्टीकै विदेश विभाग भने बेखबर



कुञ्जरमणि भट्टराई

नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँग भिडियो कन्फ्रेन्स, पार्टीकै विदेश विभाग भने बेखबर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच शुक्रबार भिडियो कन्फ्रेन्समार्फत् छलफल हुँदैछ।

तर, विदेशसँग सम्बन्धित कार्य्रकमको आयोजना गर्ने नेकपा विदेश विभाग भने कार्यक्रबारे जानकार छैन। आजको कार्यक्रमबारे बेखवर रहेको विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। कार्यक्रम आयोजना गर्दा पार्टीकै विधान मिचिएको छ।

'पार्टीको विधानमा विदेशमा हुने कार्यक्रमहरु विदेश विभागबाट गर्ने भन्ने छ। तर, विदेश विभागलाई कार्यक्रमबारे जानकारी दिइएको छैन,' उपप्रमुख रिजालले भने।

नेपालको संविधान संशोधन चिनियाँ उक्साहटमा भइरहेको भन्ने भारतीय मिडियामा दावी आइरहँदा नेकपाले चिनिया पार्टीसँग दल सञ्चालनको विषयमा छलफल गर्न लागेको हो।

नेकपाको नियमावालीमा विदेश विभागको कामबारे भनिएको छ - 'विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पार्टीको सहभागिताका लागि नाम सिफारिस गर्ने र त्यस्तो भ्रमणलाई पार्टीको हितमा अधिकतम उपयोगी बनाउन प्रयत्न गर्ने। विदेश भ्रमणमा जानेहरूबाट लिखित प्रतिवेदन प्राप्त गर्ने र निजहरूको अभिलेख राख्ने।'

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागको आयोजनामा छलफल हुन लागेको स्कुल विभाग उपप्रमुख वेदुराम भुसालले जानकारी दिए।

छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख ईश्वर पोखरेल लगायत एक सय जनाभन्दा बढी सहभागी हुने उपप्रमुख भुसालले जानकारी दिए। विदेश विभागले कार्यक्रममा उपस्थित हुनेको नाम पठाउने उल्लेख गरे पनि नामावली स्कुल विभागले नै पठाएको हो।

भुसालले भने स्कुल विभागले कार्यक्रमको आयोजना गरेकाले अन्य विभागलाई जानकारी नहुनु नौलो विषय नरहेको जिकिर गरे।

भने, 'चिनियाँ कम्युनिस्टको विदेश विभाग र यहाँको स्कुल विभागले कार्यक्रमको आयोजना गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको ९९ वर्ष पुगेको अवसरमा अध्यक्ष र विभाग प्रमुखले शुभकामना दिने कार्यक्रम हो। अन्य विभागलाई जानकारी नहुनु नौलो विषय होइन। सम्भवत: स्कुल विभागबाहेक अन्यलाई जानकारी छैन।'

उनले एकै ठाउँबाट सहभागी हुन नसक्ने भएकाले विभिन्न समूहमा सातै प्रदेशबाट सहभागी हुने जानकारी दिए। भुसालका अनुसार १:३० बजेपछि कार्यक्रम सुरु हुनेछ। दुई पार्टीका अन्य विषयमा छलफल हुने भुसालले जानकारी दिए।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाउले प्रशिक्षण दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell