PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

९४ जना गर्भवतीसहित १४८ यात्रु बोकेर दुबईबाट उडेको विमान काठमाडौंमा, सबैको आरडीटीबाट कोरोना जाँच

९४ जना गर्भवतीसहित १४८ यात्रु बोकेर दुबईबाट उडेको विमान काठमाडौंमा, सबैको आरडीटीबाट कोरोना जाँच

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : युएईको दुबई अन्तरार्ष्ट्रिय विमानस्थलबाट १४८ जना यात्रु लिएर नेपाल वायु सेवा निगमको विमान काठमाडौं आइपुगेको छ।

अबुधावीस्थित नेपाली दूतावासको संयोजनमा नेपाल आइपुगेका सम्पूर्ण यात्रीको आरडीटीबाट कोरोना जाँच गरिएको थियो। शुक्रवार बिहान ५ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान साढे १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

को को छन् जहाजमा?

विमानमा अधिकांश महिला र बिरामी भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। विमानमा एक जनाको शव पनि रहेको छ।

गैरआवासीय नेपाली संघ, युएईका उपाध्यक्ष शेर्पाका अनुसार विमानमा ९४ जना गर्भवती छन्। त्यसैगरी १७ जना दीर्घरोगी, १० जना भिसा क्यान्सिल भएकाहरु छन्। ३ जना यात्रु जेष्ठ नागरिक र बाँकी यात्रु गर्भवती महिलाका परिवार रहेको शेर्पाले जानकारी दिए। 

दुबईबाट आइपुगेकाहरुलाई प्रदेशअन्तर्गत तोकिएका होल्डिङ सेन्टरमा राखिनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell