
काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ भएको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
असार २ गते बिहान ७ बजे हेटौंडा वडा नम्बर ४ सूर्य चोक नजिकै २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतकका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ।
५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय सीता थापालाई ज्यान सम्बन्धी कसुर अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।