
काठमाडौं : सरकारले स्थानीय पूर्वाधार विकास सामझेदारी कार्यक्रम २०७६/०७७ मा खर्च नभएर बचत भएको रकम कोभिड-१९ को रोकथाममा खर्च गर्ने निर्णय गरेको छ।
असार २ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री युवराज खतिवडाले सो जानकारी दिए। स्थानीय तहले कार्यक्रममा छुट्याइएको खर्च नभएको रकम प्रतिनिधिसभाका सदस्यले निर्देशिक समितिका अन्य सदस्यहरुसँग परामर्श गरी सम्बन्धित स्थानीय तहमा रहेको कोभिड १९ व्यवस्थित गर्न खोलिएको खातामा असार १५ गतेसम्म जम्मा गर्न सक्ने निर्णय भएको उनले बताए।
रकम कोभिड- १९ को नियन्त्रण र रोकथाममा मात्रै खर्च गर्नुपर्ने खतिवडाले बताए। रकम कोभिडमा प्रयोग गरौं भन्ने जनमत अनुसार निर्णय गरिएको बताए। सांसद विकास कोष भनेर चिनिने यस कोषले कोभिड नियत्रणमा केही हदसम्म सहयोग गर्ने खतिवडाको भनाइ छ।