PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या ६ सय ३५ पुग्यो



एम बम

सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या ६ सय ३५ पुग्यो

कैलाली : सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा परीक्षणका क्रममा थप १२ जनामा कोरोना पुष्टि भएको छ भने काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। कैलालीका सात, कञ्चनपुरका चार र डोटीका एक जनामा कोरोना पुष्टि भएको उनले बताए।

उनका अनुसार कैलालीमा देखिएका संक्रमितमध्ये गोदावरी नगरपालिकाका ४, बर्दगोरीयाका दुई र जानकीका एक, कञ्चनपुरका संक्रमितमध्ये पुनर्वासका चार र डोटीका संक्रमितमध्ये बडिकेदारका एक जनामा कोरोना पुष्टि भएको हो। उता डडेल्धुरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रवार प्रदेशका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा परशुराम नगरपालिकाका पाँच जना र गन्यापधुरा गाउँपालिकाका एक जना गरी ६ जनामा कोरोना संक्रमण देखिएको डडेल्धुराका कोभिड-१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार शुक्रवार थपिएका सबै पुरुष हुन्। योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या १२८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell