PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

रमेश लेखकले गृहजिल्ला पठाए स्वास्थ्य सामग्री, सिडिओलाई हस्तान्तरण



पहिलोपोस्ट

रमेश लेखकले गृहजिल्ला पठाए स्वास्थ्य सामग्री, सिडिओलाई हस्तान्तरण

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको पहलमा बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड-१९ बिरुद्ध काम गरिरहेका कञ्चनपुरका विभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थकर्मीका लागि ५६ थान पीपीईसहित स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ।

कांग्रेस कञ्चनपुरमार्फत जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका स्थानीय तहअन्तर्गत स्वास्थ्य केन्द्रका लागि क्षेत्र नम्बर १ मा १३ थान, क्षेत्र नम्बर २ मा १३ थान र क्षेत्र नम्बर ३ का लागि ३१ थान पीपीईसहित सेनिटाइजर, सर्जिकल मास्क र एन-९५ मास्क जिल्ला कार्यसमिति कञ्चनपुरको तर्फबाट प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरिएको छ।

जिल्ला सभापति हरिप्रसाद बोहरासहित जिल्ला सचिव दिवाकर पाण्डे, क्षेत्र नम्बर ३ का सभापति गोपालदत्त भट्ट, कांग्रेस नेता यज्ञराज जोशी, बेलबहादुर राना लगायतको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जिल्ला सभापति बोहराले कांग्रेसले महामारीका रोकथामका लागि गरिने हरेक कार्यमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले प्रमुख प्रतिपक्षी दलको तर्फबाट गरिएको सहयोगको लागि नेता लेखकसहित कांग्रेस जिल्ला कार्य समितिलाई धन्यवाद ज्ञापन गरे। आगामी दिनमा पनि महामारीविरुद्धको कार्यमा सहयोगको लागि आग्रह गरे।

पछिल्लो समय कञ्चनपुरमा कोरोना प्रकोप बढदै गएको, रोकथामका लागि सरकार उदासिन बनेको, परीक्षणको गति न्यून भएकोमा चिन्ता व्यक्त गर्दै नेता लेखकले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै विभिन्न निकायहरूसंग पहल गरिराखेकोमा जिल्लाबाट स्वास्थ्य सुरक्षा सामग्रीहरुको पनि अभाव रहेको गुनासो आएपछि स्वास्थ्य सामग्री कञ्चनपुर पठाइएको र थप सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेको नेता लेखकका सहयोगी जनक भट्टले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell