PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

कोरोना अपडेट : २४ घण्टामा थपिए ४२६ जना संक्रमित, कुन जिल्लामा कति?



पहिलोपोस्ट

कोरोना अपडेट : २४ घण्टामा थपिए ४२६ जना संक्रमित, कुन जिल्लामा कति?

काठमाडौं : शुक्रवार देशभर थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न ठाउँका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

शुक्रवार संक्रमण पुष्टि भएकाहरुमा प्रादेशिक प्रयोगशाला विराटनगरमा झापाका १ जना रहेका छन्। त्यस्तै मोरङका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका ११ जना र सप्तरीका ४ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ७ जना, बाग्लुङका १८ जना, बैतडीका ६३ जना र बझाङका तीन जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, टेकुमै गरिएको परीक्षणमा बाजुराका ८, डडेल्धुराका ९ र धादिङका ३ जनामा संक्रमण पुष्टि भएको हो।

टेकुमै गरिएको परीक्षणमा डोटीका १५ जना, गोरखाका ११, कैलालीका ४६ जना र कास्कीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै, काठमाडौंका ३ जना, मोरङ र म्याग्दीका एकरएक जना, मकवानपुरका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। यता नवलपरसी पूर्वका २, सिन्धुपाल्चोकका २१, तनहुँका १९, पर्वतका ५ र उदयपुरका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। टेकुमा भएको परीक्षणमा सिन्धुली र चितवनका एकरएक जनामा पनि संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा टेकुमा गरिएको परीक्षणमा २ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी, किट जन्य अस्पताल हेटौँडामा गरिएको परीक्षणमा मकवानपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको छ भने प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा कास्कीका ६, नवलपरासी पूर्वका २, स्याङ्जाका १ र बाग्लुङका ८ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशकै पोखरास्थित क्षयरोग परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ र स्याङ्जाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६, गुल्मीका ९४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कपिलवस्तका ४, नवलपरासी बसूपका ९ र रुपन्देहीका २ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा अछामका १, कैलालीका ३, कञ्चनपुरका २० जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रवार संक्रमण पुष्टि भएका मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन्।

२ सय १६ जनामा शुक्रवार कोरोना संक्रमण निको भएको छ। हालसम्म जम्मा १ हजार ४ सय २ जनाले कोरोना संक्रमण जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell