
बलिउड अभिनेत्री कंगना रनावतले आफूलाई पनि आत्महत्या गर्ने स्थिति आउने भनेर भनिएको खुलासा गरेकी छिन्।
अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यालाई योजनाबद्ध हत्या भन्दै आएकी कंगनाले आफूलाई पनि एकपटक तिमीले आत्महत्या गर्नेछौं भनिएको बताएकी हुन्।
कुनै समय आफ्नो करियरमा पनि यस्तै खालको दबाब झेल्नुपरेको स्मरण गर्दै कंगनाले सुशान्तसँग गरिएको व्यवहार आफूले पनि भोगेको उनले बताइन्। तर आफूले हिम्मत नहारेको उनले सुनाइन्। उनलाई जावेद अख्तरले आत्महत्या गर्ने स्थिति आउने भनेका थिए।
‘एक पटक जावेद अख्तरले मलाई आफ्नो घर बोलाएर राकेश रोशन र उनको परिवारलाई प्रतिष्ठित भन्दै माफी माग्न भनेका थिए। नमाने तिमी केही पनि बाँकी रहनेछैनौं भने। उनीहरु तिमीलाई जेल हाल्नेछन् र तिमीसँग बर्बाद हुने बाहेक अरु कुनै विकल्प हुनेछैन। तिमी आत्महत्या गर्नेछौ भनेका थिए,’ कंगनाले खुलासा गरिन्।
आफूले ऋतिक रोशनसँग माफी नमाने आत्महत्या गर्नुपर्ने अवस्था आउने धम्की दिँदै जावेदले तनाव दिएको कंगनाको भनाई छ। घरमै बोलाएर धम्की दिए पनि आफू पछि नहटेको उनले सुनाइन्।