नयाँ दिल्ली र बेइजिङले आधिकारिक रुपमा सीमा विवादलाई नबढाउने सहमति गरेकै साता सीमामा हिंसात्मक झडप भए। नीतिगत तथा अनौपचारिक रुपमा र सञ्चार माध्यममा यस घटनालाई भारतको द्वपक्षीय सम्बन्धका विकल्पका बारेमा समेत चर्चा शुरु भएको छ। आम जनमानसमा सीमा क्षेत्रमा २० भारतीय सैनिकको मृत्युको जवाफ दिनुपर्ने धारणा बनिरहेको छ।
समाचार रिपोर्टहरुमा मृतकको शरीर टुक्राटुक्रा भएको र सडक खन्ने औजार तथा फलामे डन्डीको प्रयोग भएको स्रोतलाई हवाला दिँदै उल्लेख गरिएका छन्। गलवान उपत्यकामा भएको झडपमा घाइते हुनेहरुको संख्या पनि चुनौतीपूर्ण रहेको बताइएको छ।
भारतीय सेनाले आफ्ना कुनै सैनिक बेपत्ता नरहेको बताएका छन्। गुजरातमा चिनियाँ ब्रान्डको टेलिभिजन सेट फुटाएको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भारतको केन्द्रीय सामाजिक न्याय उपमन्त्री रामदास अथावालेले चिनियाँ खाना बिक्रि गर्ने रेस्टुरेन्ट बन्द गर्नुपर्ने माग गरेका छन्।
लण्डनको किङ्स् कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक हर्स पन्तले अहिलेको संकट चीन र भारतबीचको सम्बन्ध गम्भिर मोडमा पुगेको बताएको साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उल्लेख छ।
‘भारतको सम्पूर्ण चिनियाँ नीति अनुमानका आधारमा थियो। जुन हामीले हाम्रो सीमा क्षेत्रमा सक्रियता र सीमाको विषयमा चिसोपन बढ्दै गएको छ। हाम्रो अनुमान उल्टिएको छ’, उनले भनेका छन्, ‘जब सीमा यस्तो तनाब चलिरहेको छ। त्यस्तो बेला तपाईँ चीनसँगको सम्बन्ध सामान्य राख्न सक्नुहुन्न।’
दुवै देशका उच्च सैन्य अधिकारीबीच बिहीवार पनि तनाब कम गर्न छलफल चलिरहेको छ। अर्को तिर बुधवारनै भारतीय विदेशमन्त्री एस जयसंकरले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्ता गरेका थिए। वार्तापछि जयसंकरले भारतीय सैनिक सशस्त्र रहेको तर हतियारको प्रयोग नगरेको बताएका थिए।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पनि बिहीवार दुई देशका अधिकारीहरु निरन्तर छलफलमा रहेको बताएका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छोटो वक्तव्य जारी गर्दै भारतले शान्ति चाहेको र आयवश्यक परे जवाफ दिन सक्षम रहेको बताएका थिए। भारत सरकारले आधिकारिक रुपमा बेइजिङविरुद्ध कदम चाल्ने विषयमा कुनै संकेत नदेखाए पनि भारतीय सञ्चार माध्यमहरुमा भने चिनियाँ व्यवसायीमाथि प्रतिबन्ध लगाउने तथा भारतीय दूरसञ्चार सेवा प्रदायकलाई चिनियाँ उपकरण प्रयोग नगर्न पत्राचार गरेकोसम्मको समाचार प्रकाशित भएका छन्।
त्यस्तै, भारतको फ्राइट कोरिडोर निमार्ण गर्ने सरकारी कम्पनीले चिनियाँ कम्पनीसँग ६२ मिलियन डलरमा भएको सम्झौता कमजोर कार्यप्रगतीको आधार देखाउँदै रद्द गरेको छ।
परिवर्तित नीति
पछिल्लो ६ वर्ष नयाँ दिल्लीले बेइजिङसँग नयाँ सिरामा शुरु गरेका थिए। यसबीच मोदी र सीबीच १८ पटक भेट वार्ता भइसकेको छ। जसमध्ये २०१८ मा वुहान र २०१९ मा चेन्नाइमा भएका भेट अनौपचारिक थिए। यसबीच नयाँ दिल्लीका कुटनीतिज्ञले सम्बन्धलाई बढाउनका लागि काँडेदार सीमा विषयलाई केन्द्रमा नपरोस भन्नेमा सचेत थिए।
माधव दास नलपत जस्ता नीति विश्लेषकहरुले नीतिमा परिवर्तन आवश्यक रहेको बताउन थालेका छन्।
‘लामो समयसम्म भारतले सीमा विवादलाई उठाएको थियो। यसले हाम्रा अन्य पक्षमा रहेको सम्बन्धलाई छायाँमा पार्नु हुँदैन। यो विभाजन सकिएको छ। मोदीको सम्बोधनले पनि अब सम्बन्ध पहिले जस्तो नजाने संकेत गरेको छ’, लेखक तथा मनिपाल विश्वविद्यालयको भू-राजनीति तथा अन्तर्राष्ट्रिय विभागका युनेस्को पिस चियर माधव दासले भने, ‘अहिलेसम्म चीनले सीमामा भएका घटनामा चीनले मूल्य चुकाउन परेको छैन।’
अब भारतले चीनमाथि आर्थिक रुपमा दबाब सिर्जना गर्न सक्ने किंस कलेजका प्रध्यापक पन्तले बताए।
‘यसको असर आर्थिक रुपमा दिन सकिन्छ। अब हामीले फाइभ जीलाई टेवलबाट बाहिर राख्न सक्छौं,’ उनले भनेका छन्।
भारतमा हुवावेले फाइभ-जी नेटवर्क निर्माणको काम गरिरहेको छ।
‘हामीले चिनियाँ कम्पन्नीमाथि टेन्डरमा सहभागि हुन नदिने किसिमका प्रतिवन्ध लगाएको देखिरहेका छौं। अब यस्ता घटनाहरु बढाउन सकिन्छ,’ पन्तले भने।
नयाँ दिल्लीसँग अब भूराजनीतिक गठबन्धनलाई बढाउँदै वासिङटनको योजनामा अगाडि बढ्ने विकल्प रहेको चर्चा हुन थालेको छ। वासिङटनले कोभिड-१९ पछि ग्रुप अफ सेभेनलाई भारत, अष्ट्रेलिया, रुस र दक्षिण कोरियालाई समावेस गर्दै चीनविरुद्ध विस्तार गर्ने योजना बनाइरहेको छ।
सोमवार राती भएको घटनाले भारतलाई अमेरिकी नेतृत्वको इन्डो प्यासिफिक स्ट्राटेजीमा सहभागिताको लागि थप बल पुगेको छ।
भारत र चीनबीच विवादित रहेको सीमा क्षेत्र जहाँ सीमा रेखा कोरिएको छैन जसलाई ‘लाइन अफ एक्चोअल कन्ट्रोल’ (एलएसी)को रुपमा चिनिन्छ। यस्तो क्षेत्रमा दुवै पक्षले भौतिक संरचना दुवै तिर निर्माण गरिरहेक छन्।
भारतीय एक उच्च सैनिक कमाण्डर जो सो क्षेत्रमा काम गरिसकेका छन्, उनी अझै तनाब बढ्ने कुरामा ढुक्क छन्।
‘त्यहाँ जवानहरुबीच तीव्र आक्रोश छ। विशेषगरी परम्परागत हातहतियारको प्रयोगबाट जुन अवस्थामा आमने सामनेको अवस्था सिर्जना भयो, भारतीय सैनिक जवाफ फर्काउनका लागि मौका हेरेर बस्ने छन्,’ ति सैनिक कमाण्डरले भनेका छन्।
भारतका पूर्व लेफ्टिनेन्ट जनरले विनोद भाटियाले भारतले सैन्य शक्तिलाई तत्काल बढाउनुपर्ने बताए।