PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

खुलेको १ दिन नबित्दै प्रहरीले पुनः बन्द गरायो जानकी मन्दिर



पहिलोपोस्ट

खुलेको १ दिन नबित्दै प्रहरीले पुनः बन्द गरायो जानकी मन्दिर

जनकपुरधाम : सर्वसाधारणका लागि खुल्ला गरिएको १ दिन नबित्दै जनकपुरधामको जानकी मन्दिर पुनः बन्द भएको छ। बिहिवारदेखि पूर्ण रुपमा मन्दिरका मुलद्वारसहित अन्य द्वारहरु खोलिएको भएपनि विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेशण भएपछि धनुषा प्रहरीले पुनः मन्दिर बन्द गराएको हो।

शुक्रवार प्रहरीले सबै द्वारहरु बिहानै पुगेर बन्द गराउनुका साथै त्यहाँ पुगिसकेका दर्शनार्थीहरुलाई उत्तरतर्फको द्वारबाट प्रवेश गर्न दिएको थियो। त्यसपछि मन्दिर प्रवेशमा पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell