PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कोरोनाका कारण मृत्यु भएका पुरुषकी श्रीमती र छोरासहित ४ जनामा संक्रमण पुष्टि



एम बम

कोरोनाका कारण मृत्यु भएका पुरुषकी श्रीमती र छोरासहित ४ जनामा संक्रमण पुष्टि

कैलाली : कैलालीको गोदावरी नगरपालिका १ मा कोरोना संक्रमणबाट बुधवार मृत्यु भएका ४६ वर्षीय पुरुषको सम्पर्कमा आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मृतककी ४१ वर्षीय श्रीमती र उनका १६ र २१ वर्षीय छोराहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, सोही ठाउँका ५८ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। मृत्यु भएका ४६ वर्षीय पुरुषमा जेठ ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै, असार २ गते गोदावरी नगरपालिका २ का ५२ वर्षीय पुरुषको सम्पर्कमा आएकाहरूको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

दुवै संक्रमितको सम्पर्कमा आएका १० जनाको स्वाब संकलन गरिएकोमा ६ जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले संक्रमण भेटिएकाहरूको घर सिल गरेको छ। उनीहरूको घरसँगै वडा नम्बर १ को भरतपुर टोल (भालु खोला टोल) नै सिल गर्ने तयारी गरेको छ।

गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ भने एक जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell