PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार विमला गुप्तालाई



पहिलोपोस्ट

विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार विमला गुप्तालाई

वीरगंज : विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट वीरगंजकी पत्रकार विमला गुप्ता पुरस्कृत भएकी छन्। विन्दु पाण्डे स्मृति प्रतिष्ठानको निर्णय अनुसार शुक्रवार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्मान कार्यक्रम आयोजना गरी उनलाई पुरस्कृत गरिएको हो।

प्रतिष्ठानका संस्थापक वरिष्ठ उपाध्यक्ष शंकर खतिवडा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालगायतको टोलीले फूलमाला, अबीर र खादा लगाएर प्रमाणपत्रसहित उनलाई पुरस्कृत गरिएका थिए।

१२ हजार रुपैयाँ राशिको यो चौथो संस्करणको पुरस्कार हो। यसअघि पहिलोमा माधुरी महतो, दोस्रोमा कविता खड्का र तेस्रोमा लक्ष्मी खरेल पुरस्कृत भइसकेका छन्। उत्थान साप्ताहिककी सम्पादक विन्दुदेवी पाण्डेको चार वर्ष पहिले निधन भएपछि उनको स्मृतिमा यो प्रतिष्ठान स्थापना गरिएको हो।

वीरगंजका ३२ जना महिला पत्रकारहरूबाट नाम छनोट गरी प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष शंकर खतिवडाको संयोजकत्वमा गठित निर्णायक समितिले गुप्तालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell