PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

बार्सिलोना र सेभिया गोलरहित बराबरीमा रोकिए



पहिलोपोस्ट

बार्सिलोना र सेभिया गोलरहित बराबरीमा रोकिए

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर बार्सलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएको छ।

रामोन स्यान्चेज पिजजुआन स्टेडियममा भएको खेलमा घरेलु टोली सेभियासँग बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो। सेभियासँगको बराबरीले बार्सिलोनालाई उपाधि होडमा धक्का परेको छ।

सेभियासँग अंक बाँडेसँगै ३० खेल खेलेको बार्सिलोना ६५ अंकसहित शीर्षस्थानमा छ। यद्यपि २९ खेल खेलेको रियल मड्रिड ६२ अंकसहित दोस्रो स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा ग्रानडामाथि भिल्ला रियलले संघर्षपूर्ण जित निकालेको थियो। जेराड मोरेनोको निर्णायक गोलमा भिल्ला रियलले जित निकाल्दै ४७ अंकसहित तालिकाको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell